
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौँ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार रौतहटको चन्द्रपुर नगरपालिकालाई १०–० गोल अन्तरले पराजित गर्दै आर्मीले दोस्रो जित निकालेको हो । विभागीय टिम त्रिभुवन आर्मी क्लबले राजधानीमा जारी राष्ट्रिय महिला लिग फुटबलमा दोस्रो जित निकालेको छ । आर्मीको फराकिलो जितमा शर्मिला थापा र रश्मी घिसिङले समान ४–४ गोल गरिन् । यस्तै विमला चौधरी र सपना लामाले एक एक गोल गरिन् ।
जितसंगै आर्मी लिगको दोस्रो स्थानमा उक्लिएको छ । आर्मीले ४ खेलमा ७ अंक जोडेको छ । चन्द्रपुर ४ खेलमा ३ अंक जोडेर लिगको छैटौं स्थानमा रहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij