
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । आजको पहिलो खेलमा करण केसी सम्मिलित पुणे डेभिल्सले कलन्दर्सको सामना गर्नेछ । यो खेल नेपाली समय अनुसार साँझ पौने ६ बजे हुनेछ । संयुक्त अरब इमिरेट्स (युएई)को आबुधाबीमा जारी टि–१० क्रिकेट लिगमा शुक्रबार तीन खेल हुँदै छ । तीन नेपाली खेलाडी सोमपाल कामी, करण केसी र कुशल मल्ल आज मैदानमा उत्रिने सम्भावना छ ।
दुवै टोली प्रतियोगितामा लगातार दोस्रो जित निकाल्ने प्रयासमा हुनेछन् । अरेवियन्सले पहिलो खेलमा नर्दन वारियर्सलाई ५ विकेटले पराजित गरेको थियो । सोमपालले खेलको पहिलो र अन्तिम ओभर बलिङ गरेका थिए । उनले विनाकुनै विकेट २८ रन खर्चिए । दिल्लीले पहिलो खेलमा बंगाल टाइगर्सलाई ७ विकेटले पराजित गरेको थियो । तिनै खेल अबुधाबीस्थित शेख जायद क्रिकेट मैदानमा हुनेछ । नेपाली टिमका पुर्वकप्तान पारस खड्का इमर्जिङ ट्यालेन्ट मेन्टरका रूपमा टिम अबुधाबीसँग जोडिएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij