
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । राजेश पुलामीको अर्धशतकको सहयोगमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले वाग्मती प्रदेशलाई २३० रनको लक्ष्य दिएको छ ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी दोस्रो सेमिफाइनल खेलमा टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा सम्पूर्ण गुमाउँदै २२९ रन बनाएको हो ।
आजको खेलमा जित निकाल्दै वाग्मती पहिलोपटक फाइनलमा पुग्ने लक्ष्यमा छ । वाग्मती प्रतियोगितामा बलियो टोलीको रुपमा रहेको छ । आर्मी उपाधि जित्ने योजनामा छ । आर्मी साविक उपविजेता टोली हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij