Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

पीएम कप क्रिकेट: पहिलो सेमिफाइनलमा एपीएफ र पुलिस भिड्दै

पीएम कप क्रिकेट: पहिलो सेमिफाइनलमा एपीएफ र पुलिस भिड्दै

  • काठमाडौँ । प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको पहिलो सेमिफाइनलमा आज दुई विभागीय टिम एपीएफ क्लब र नेपाल पुलिस क्लब भिड्दै छन् । टियु क्रिकेट मैदानमा हुने खेल बिहान ९ बजे शुरु हुनेछ ।

    images
    images
    images

    उपाधि दाबीका लागि दुबै क्लब जित निकाल्दै फाइनलमा पुग्न चाहन्छन् । प्रतियोगितामा एपीएफ निकै बलियो देखिएको छ । समूह विजेता एपीएफले अहिलेसम्म कुनै हार व्यहोरेको छैन । समूह ‘ए’को एपीएफले खेलेका सबै ४ खेलमा जित निकालेर समूह विजेता बनेको हो ।

    समूह ‘बी’को उपविजेता बनेको पुलिस समूह चरणमा वाग्मती प्रदेशसँग पराजित भएको थियो । एपीएफ र पुलिसबीचको विजेता फाइनलमा वाग्मती प्रदेश र त्रिभुवन आर्मी क्लबको विजेतासँग खेल्नेछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij