Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

सन्दीपले दुई विकेट लिएको खेलमा होबार्ट पराजित

सन्दीपले दुई विकेट लिएको खेलमा होबार्ट पराजित

  • काठमाडौँ । नेपाली खेलाडी सन्दीप लामिछानेले दुई विकेट लिएको खेलमा उहाँ आबद्ध टोली होबार्ट हुरिकेन्स २२ रनले पराजित भएको छ । अष्ट्रेलियामा जारी बिग ब्यास लिगमा लामिछानेले पर्थ स्कर्चर्सविरुद्धको खेलमा दुई विकेट लिनुभएको हो । टस जितेर ब्याटिङ गरेको पर्थले २० ओभरमा आठ विकेट गुमाएर १७९ रन बनायो । होबार्टले २० ओभरमा आठ विकेट गुमाएर १५७ रन मात्र बनाउन सक्यो ।

    images
    images
    images

    होबार्टका लागि लामिछानेले चार ओभरमा २७ रन खर्चिनुभयो । उहाँले यसक्रममा एक छक्का र एक चौकासमेत विपक्षी खेलाडीलाई हान्ने मौका दिनुभयो । लामिछानेले पर्थका ब्याट्सम्यान लियाम लिभिङस्टोनलाई २६ रनमा तथा मिचेल मार्सलाई सात रनमा पेभेलियन फर्काउनुभयो । यसअघिका दुई खेलमा उहाँ लगातार विकेटविहीन बन्नुभएको थियो । उहाँले बिग बासमा हालसम्म छ खेलमा छ विकेट लिनुभएको छ । लामिछाने आबद्ध टोली होबार्ट हालसम्म २३ अङ्क जोड्दै लिगको छैटौँ स्थानमा छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij