
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमार्डौ । प्रहरीले बिहीबार राति बाराको सिमराबाट तीन सय किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय सिमरा र लागूऔषध नियन्त्रण व्यूरो वीरगन्जको संयुक्त टोलीले जीतपुरसिमरा–३ स्थित बजनीबाट उनीहरूलाई पक्राउ गरेको हो ।
मिनिट्रकमा अवैधरुपमा लागूऔषध गाँजा ढुवानी गरी लगिरहेको अवस्थामा प्रहरीले मकवानपुर कैलाश गाउँपालिका–४ का ३२ वर्षीय राजन लामा, ट्रकमा सवार हेटौंडा उपमहानगरपालिका– ३ का ३३ वर्षीय ईश्वर लोप्चन र मोटरसाइकल चालक कैलाश गाउँपालिका–१० का २७ वर्षीय जीवन थोकरलाई पक्राउ गरेको हो । पक्राउ परेकामध्ये लामा र लोप्चन ट्रकमा सवार थिए भने थोकर मोटरसाइकलमा सवार थिए ।
हेटौंडाबाट वीरगन्जतर्फ जाँदै गरेको ना ५ ख २५०४ नम्बरको मिनिट्रकमा गाँजा राखेर ना ३३ प ७४६९ नम्बरको मोटरसाइकलले स्कर्टिङ गर्दै लगिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीले मिनिट्रकबाट प्लास्टिकमा बेरिएको १६ वटा ठुलो र तीन वटा सानो प्याकेट गरी करिब तीन सय किलो गाँजा बरामद गरेको छ ।
पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय सिमरामा राखिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij