Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

बागमतीमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान

बागमतीमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान

  • काठमाडौं । बागमती प्रदेशमा नयाँ सरकारका लागि दाबी पेस गर्न आह्वान गरिएको छ ।

    onlinepatrika
    Arghakhachi

    बहादुरसिंह लामाले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्रीका लागि भोलि (मंगलबार) दिउँसो २ बजेभित्र नयाँ सरकारका लागि दाबी पेस गर्न आह्वान गरेको हो ।

    AGNI GROUP

    प्रदेश कार्यालयको पत्रमा भनिएको छ, “…बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नको लागि नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई बागमती प्रदेशको मुख्यमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनको लागि मिति २०८२।०४।२० गते मंगलबार दिनको २:०० बजे भित्र माननीय प्रदेश दाबी पेश गर्न आह्वान गर्नुभएको छ ।”

    नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा पराजित भएपछि लामाले सोमबार राजीनामा दिएका थिए । उनी इन्द्र बानियाँसँग पराजित भएका थिए । बजेटलगायतका विषयमा नेपाली कांग्रेसभित्र विवाद बढेको थियो ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट