Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

संघीय संसद्का तीन समितिको बैठक बस्दै

संघीय संसद्का तीन समितिको बैठक बस्दै

  • काठमाडौं । संघीय संसद् अन्तर्गतका ३ वटा समितिको बैठक बस्दैछ । संघीय संसद् सचिवालय सिंहदरबार परिसरमा उक्त बैठक बस्ने जनाइएको छ ।

    images
    images
    images

    जसअनुसार कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ः०० बजे बस्नेछ । जुन बैठकमा कानुन, न्याय तथा मानव अधिकार समितिको मस्यौदा वार्षिक प्रतिवेदन, २०८१–८२  माथि छलफल हुनेछ ।

    यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भने संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा गठित उपसमितिको प्रतिवेदन माथि छलफल हुने जनाइएको छ । बैठक बिहान ११ः०० बजेबाट सुरु हुनेछ ।

    साथै, विधायन व्यवस्थापन समितिको बैठक भने दिउँसो १ः०० बजेबाट सुरू  हुनेछ । उक्त बैठकमा संविधान अनुसार बन्न बाँकी कानूनहरूको सम्बन्धमा छलफल हुने जनाइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij