
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौँ ।
नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको भन्दै आफ्नो ध्यानाकर्षण भएको बताएका छन् ।
नेपालका पुर्व कप्तान समेत रहेका खड्काले सामाजिक संजालमा आफ्नो नाम जोडेर चरित्र हत्या गर्ने हेतुले विभिन्न व्यक्ति तथा संस्थाबाट अपुष्ट र आधारहिन तरिकाले भैरहेको व्यक्तिगत आरोपप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् ।
उनले नेपालको कानुनले कसैलाईपनि विना प्रमाण चरित्र हत्या गर्ने वा तर्क नराखी व्यक्तिगत आरोप लगाउने छुट दिएको छैन भन्दै नेपालको कानुनले सबैलाई कानुनी उपचारको बाटो खुल्ला राखेको स्पष्ट गरेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij