
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । एडिन टेर्जिकको टोलीले मंगलबार दोस्रो लेगमा पीएसजीलाई १–० ले हराउँदा उत्कृष्ट प्रदर्शन देखायो । डर्टमन्डले समग्रमा २–० को जितसहित फाइनल यात्रा निश्चित गरेको हो । घरेलु लिगमा निराशजनक लय रहे पनि बोरुसिया डर्टमन्ड अहिले क्लबको इतिहासमै दोस्रोपटक च्याम्पियन्स लिगको विजेता बन्न एक खेलले मात्र पछि छ ।
पार्क डे प्रिन्सेसमा घरेलु टिमविरुद्ध निर्णायक गोल गरेका रक्षक म्याक ह्युमेल्सलाई पनि लाग्छ डर्टमन्डले सन् १९९७ पछि पहिलोपटक च्याम्पियन्स लिगको उपाधि जित्नेछ ।
काठमाडौं । घरेलु लिगमा निराशजनक लय रहे पनि बोरुसिया डर्टमन्ड अहिले क्लबको इतिहासमै दोस्रोपटक च्याम्पियन्स लिगको विजेता बन्न एक खेलले मात्र पछि छ ।
“समूह चरणको दोस्रो खेलदेखि नै हामी सक्षम छौँ भन्ने महसुस भएको थियो । र, हामीले वेम्बलीमा नजित्नुपर्ने कुनै कारण देख्दैनौँ,” ३५ वर्षीय ह्युमेल्सले भने, “हामी खेलभन्दा माथिको दबाब र मैदानभन्दा माथिको वातावरण थेग्नका लागि तयार थियौँ । यो हाम्रो सफलताको सुत्र हो ।”
“मैले च्याम्पियन्स लिगमा निकै कम गोल गरेको छुँ । जम्मा पाँच मात्र । यो संख्यामा थप गर्ने समय अहिले बनेको छ ।”
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij