Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

विकास र समृद्धिको चाहनालाई पूरा गर्ने सरकारको योजनाः मुख्यमन्त्री पोख्रेल

विकास र समृद्धिको चाहनालाई पूरा गर्ने सरकारको योजनाः मुख्यमन्त्री पोख्रेल

  • काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोख्रेलले बर्दियाको शिवगङ्गा आँखा उपचार केन्द्रको शल्यक्रिया कक्षसहितको नवनिर्मित भवनको  आज उद्घाटन  गर्नुभएको छ । रु एक करोड ४० लाखको लागतमा निर्मित सो भवन ३० कोठेका छन् । भवन निर्माणका लागि प्रदेश सरकारले पनि रु ८५ लाख सहयोग गरेको बताइएको छ । 

    images
    images
    images

     सो अवसरमा मुख्यमन्त्री पोख्रेलले विकास र समृद्धिको जनचाहनालाई पूरा गर्ने  सरकारको योजना रहेको उल्लेख गर्दै मुलुकमा देखिएको राजनीतिक समस्याको निकासका लागि आगामी वैशाखमा हुने चुनाव सबै सहभागी हुनुपर्छ र यसलाई सबैले स्वीकार्नुपर्छ भन्नुभयो । केन्द्रका सभापति कृष्णप्रसाद गौतमको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा निर्वतमान सांसद सुजता शाक्य, लुम्बिनी प्रदेशका उपसभामुख कृष्णी थारू, जिल्ला समन्वय समितिका अध्यक्ष शङ्करप्रसाद थारू, प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीलगायतको सहभागिता थियो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij