Logo

Jun 13 2026 | २०८३, जेठ ३० गते

Jun 13 2026 | २०८३, जेठ ३० गते

ललितपुर चेम्बर अफ कमर्सको तेस्रो वार्षिक साधारण सभा सम्पन्न

ललितपुर चेम्बर अफ कमर्सको तेस्रो वार्षिक साधारण सभा सम्पन्न

  • ललितपुर । ललितपुर चेम्बर अफ कमर्सको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार सम्पन्न भएको उक्त साधारण सभाको उदघाटन उपप्रधान तथा भौतिक योजना मन्त्री नारायणकाजी श्रेष्ठले गर्नुभयो ।

    onlinepatrika
    Arghakhachi

    कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उपप्रधानमन्त्री श्रेष्ठले अहिले देशमा देखिएको आर्थिक संकटलाई समाधान गर्न सरकारले दुई तीन दिन भित्र ठोस् कार्यक्रम अघि सार्न लागेको जानकारी दिनुभयो । सरकारको प्रमुख उदेश्य देशलाई कसरी समृद्ध बनाउने भन्ने तिर नै भएको बताउँदै उनले सामाजिक न्यायका लागि पनि जनताले अनुभुती गर्ने गरि अहिले देशमा देखिएका समस्या समाधान गर्दै अघि बढनुपर्ने आवश्यकतामा जोड दिए ।

    AGNI GROUP

    नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले ललितपुरको कला र संस्कृतिलाई प्रबर्धन गर्न निर्यात र बजारीकरणको आवस्यकता औल्याउँदै पुर्खौली व्यवसायलाई पुस्तान्तरण गर्नुपर्नेमा जोड दिए । ललितपुर चेम्बर अफ कमर्सका अध्यक्ष पुष्परत्न शाक्यले स्थानीय कला र संस्कृतिले भरिपूर्ण ललितपुरको विकासमा निजी क्षेत्रबाट हालसम्म भईरहेका भूमिकाबारे जानकारी गराएका थिए ।

    कोरोना महामारिपछि देखिएको आर्थिक संकट, चर्को बैक व्याजदरको समस्या समाधान, कृषि क्षेत्रको संरक्षण, पर्यटन विकास, कला र संस्कृति प्रवद्र्धन, औद्योगिक ग्राम संचालन, हस्तकलाजन्य सामाग्रीको प्रवद्र्धन, निर्यात र कर व्यवस्था मार्फत सहजीकरण जस्ता व्यवसाय क्षेत्रका समस्याहरुबारे सरकारको ध्यानाकर्षण गर्न चाहेको अध्यक्ष शाक्यले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij