Jun 04 2026 | २०८३, जेठ २१ गते
ललितपुर । प्रतिनिधि सभा सदस्य डा. तोसिमा कार्कीले ललितपुरको मगर गाउँदेखि सिकाली मार्ग जाने ओरालो सडक खण्डको स्थलगत निरीक्षण तथा अनुगमन गरेकी छन् । सडकको ढलान विभिन्न स्थानमा फुटेको, घरहरूबाट ढल अव्यवस्थित रूपमा सडकमै फालिने गरेको तथा पटकपटक दुर्घटना हुने गरेको स्थानीयवासीबाट गुनासो आएपछि संयुक्त अनुगमन गरिएको हो ।
अनुगमनमा शहरी विकास मन्त्रालय, ढल व्यवस्थापन शाखा, सम्बन्धित सरोकारवाला निकायका प्रतिनिधि तथा स्थानीयवासीको सहभागिता रहेको थियो । निरीक्षणका क्रममा सडकको अवस्था जीर्ण बन्दै गएको, वर्षायाममा थप जोखिम बढ्ने अवस्था रहेको तथा ढल व्यवस्थापनको अभावले सर्वसाधारणलाई दैनिक आवतजावतमा समस्या भइरहेको विषय उठाइएको थियो । स्थानीयवासीहरूले सडक मर्मत, व्यवस्थित ढल निकास तथा दुर्घटना न्यूनीकरणका लागि तत्काल प्रभावकारी पहल गर्न माग गरेका छन् । उनीहरूले सडकमा पानी र ढल बग्ने समस्या दीर्घकालीन रूपमा समाधान गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका थिए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij