Logo

Jun 13 2026 | २०८३, जेठ ३० गते

Jun 13 2026 | २०८३, जेठ ३० गते

राज्यले स्वास्थ्यकर्मीलाई समेत सुरक्षाकर्मी तवरको सम्मान दिनुपर्छः डा.तोसिमा 

राज्यले स्वास्थ्यकर्मीलाई समेत सुरक्षाकर्मी तवरको सम्मान दिनुपर्छः डा.तोसिमा 

  • ललितपुर । ललितपुर क्षेत्र नं ३ प्रतिनिधिसभाका सांसद डा.तोसिमा कार्कीले राज्यले हरेक स्वास्थ्यकर्मीलाई सुरक्षाकर्मी तवर तथा सरहको सम्मान दिनुपर्ने बताएकी छन् ।

    onlinepatrika
    Arghakhachi

    नेपाल स्वास्थ्यकर्मी यूनियन जिल्ला कार्यसमिति ललितपुरले आज आयोजना गरेको ‘सो यूनियनको चौँथो जिल्ला अधिवेशन’ मा बोल्दै उहाँले स्वास्थ्यकर्मी भनेका मुलुकका हरेक व्यक्तिको स्वास्थ्य उपचारका साथै रेखदेख गर्ने पहरेदार रहेका बताइन् ।

    AGNI GROUP

    पेशागत सङ्गठनले राजनीतिक दलभन्दा माथि उठेर स्वास्थ्यकर्मीको सवालमा आफूहरुलाई जानकारी गराउन आवश्यक रहेको कार्कीको बुझाइ रहेको छ ।

    स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. सतिश विष्टले स्वास्थ्यकर्मीले कोरोना महामारीका समयमा दिनरात नभनी थुप्रै काम गरेका प्रसंशा गर्दै उक्त निकायले मानिसमा पर्न सक्ने ठूलो क्षतिबाट जोगाएका जिकीर गरे ।
     
    सो यूनियन केन्द्रीय अध्यक्ष उज्ज्वल कुमार शर्माले विगतमा आफूहरु पार्टी र टेड यूनियनमा लाग्दा स्वास्थ्यकर्मीका लागि खासै काम नभएको धारणा राख्दै विभिन्न पार्टीका साथै राजनीतिक दलमा नलाग्ने उद्घोषका साथ २०६२/०६३ सालको जनआन्दोलनपछि स्वतन्त्र रुपमा सो संस्था खडा गरी काम गरिरहेको मत जाहेर गरे ।  

    नेपालमा स्वास्थ्यकर्मीको दरबन्दी आवश्यक भन्दा ११ हजार बढि रहेको सुनाउँदै स्वास्थ्य क्षेत्रका साथै स्वास्थ्यकर्मी तर्फ ध्यान दिन निकै जरुरी रहेको शर्माको आग्रह छ । 

     

    330980138_1154969011920187_8703101630146468384_n.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij