
Apr 19 2025 | २०८२, वैशाख ६ गते
वर्ष २०२० का उत्कृष्ट १० फुटबलर, कसको स्थान कति ?
एजेन्सी – कोराना भाइरस कोभिड १९ का कारण सन् २०२० अन्य वर्षभन्दा भिन्न रह्यो । यसको असर विश्वका अधिकांश क्षेत्रमा परेको थियो । वर्षको अन्त्य हुदा स्पेनिस पत्रिका मार्काले फुटबल विश्लेषक र पत्रकारहरुको मतका आधारमा १० उत्कृष्ट फुटबलरको नाम सार्वजनिक गरेको छ ।
कोरोनाले हरेको जीवनमा मैदान भित्र र बाहिर असर गर्यो । यो वर्ष च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा बायर्न म्युनिखले बार्सिलोनालाई ८–२ ले हराएको थियो । लकडाउन पछि उत्कृष्ट पुनरागमनका साथ रियल म्याड्रिडले ला लिगा उपाधि जितेको थियो । बायर्नका रोर्बेट लेवान्डोवस्की फिफा द वेष्ट अवार्ड जितेका थिए ।
यी हुन् मार्काका शीर्ष १० खेलाडी
१०. लिओनल मेस्सी – बार्सिलोना
मेस्सीका विषयमा २०२० मा लेख्न बाँकी सायद कमै विषय रहे होलन् । ला लिगाका सर्वाधिक गोलकर्ता मेस्सीले २१ असिष्ट गरेका थिए । उनले सातौं पटक पिचिची अवार्ड जितेका थिए । मैदान बाहिरको गतिविधिले पनि उनलाई चर्चामा राख्यो । बार्सिलोना छाड्नका लागि उनले क्लबलाई पत्र लेखेपनि अन्ततः उनी अर्को एक सिजन त्यहि रहन तयार भएका थिए ।
९. इर्लिङ हालान्ड( बरुसिया डर्टमन्ड)
हलान्ड गएको वर्षका चर्चामा रहेका अर्का खेलाडी हुन् । उनले खेलेका ३१ खेलमा ३२ गोल गरे । उनले विश्वको उत्कृष्ट युवा खेलाडीका रुपमा गोल्डेन ब्वाइको अवार्ड जिते । रेड बुल साल्जबर्गबाट डर्टमुन्ड पुगेका हालान्डले त्यहाँ झनै चर्चा कमाएका थिए । युरोपियन फुटबलमा सम्भावना बोकेको खेलाडीका रुपमा उनले आफूलाई उभ्याएका छन् ।
८.म्यानुयल नुयोर( बायर्न म्युनिख)
नुयोरलाई समकालिन गोलकिपरमा उत्कृष्ट मानिन्छन् । बायर्नले २०२० मा ५ वटा उपाधि जित्दा उनको भूमिका महत्वपूर्ण रह्इो । ३४ वर्षे गोलकिपरले निरन्तरत कीर्तिमान भंग गर्दै आएका छन् । उनले जर्मन महारथीबाट खेल्दै २ सय क्लिन सिट्स राखेका छन् ।
७.करिम बेन्जेमा – रियल म्याड्रिड
रियलका फरवार्ड बेन्जेमा अहिले खेल जीवनको उच्च लयमा रहेको विश्वास गरिन्छ । क्रिस्टियानो रोनाल्डोले रियल छाडेयता फ्रान्सेली फरवार्डको क्लबको केन्द्रमा छन् । गएको सिजन रियललाई ला लिगा उपाधि दिलाउनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्ये उनी एक हुन् । लगातार उच्च प्रदर्शन गरिरहेको उनलाई विश्वका उत्कृष्ट फरवार्ड मध्ये एक मानिन्छ ।
६. नेयमार – पेरिस सेन्ट जर्मेन (पिएसजी)
गत सिजन नेयमारको पिएसजीको खेलाडीका रुपमा सफल वर्ष थियो । उनको उच्च प्रदर्शनबाट प्रेरित टोलीले महत्वपूर्ण खेल जित्दै फ्रेन्च लिग जिेको थियो । क्लब इतिहासमा पिएसजी पहिलो पटक च्याम्पियन्स लिगको फाइनल पुग्दा नेयमारको भूमिका महत्वपूर्ण थियो । यद्दपी उनलाई चोटले पनि त्यति कै दुःख दिएको थियो । जारी सिजनमा पनि उनी लयकमा छन् । उनको उच्च प्रदर्शनमा टोलीले आउने दिनमा अझै उपाधि थप्ने आशा गरेको छ ।
५. क्रिस्टियानो रोनाल्डो – युभेन्ट्स
रोनाल्डोलाई केहि शब्दमा भन्नुपर्दा अतुलनीय, रोक्न नसक्ने र अवर्णनीय भन्दा फरक पर्दैन । पोर्चुगिज फरवार्ड त्यो भन्दा माथि छन् भन्न मिल्ने अवस्था छ । ३५ वर्षको उमेरमा पनि उनी त्यहि जोसमा पोर्चुगल र युभेन्ट्सका लागि मैदानमा छन् । उनलाई रोक्न जो कोहिलाई पनि कठीन छ । गएको वर्षमा उनले सबैभन्दा बढी गोल गरे । पार्चुगलका लागि गत वर्ष सयौं गोल पुरा गरे । युभेन्ट्सले जारी सिरि एमा मिश्रित प्रदर्शन गरिरहँदा रोनाल्डोको प्रदर्शन भने सन्तोषजनक छ । उनमा अहिले पनि उपाधि माथिको भोक उत्तिकै देखिन्छ ।
४. सर्जियो रामोस – रियल म्याड्रिड
रियलका अर्का स्टार हुन् रामोस । रियलको सफलतामा रामोसलाई अनिवार्य खेलाडी मानिन्छन् । उनको नेतृत्वमा रियलले गत वर्ष ला लिगा जितेको थियो । चोटका कारण उनी उपस्थिति नभएको खेलमा रियलले हार बेहोरेबाट उनको महत्व बुझ्न सकिन्छ ।
३. केलियन एमबाप्पे – पेरिस सेन्ट जर्मेन (पिएसजी)
फ्रान्सेली युवा फरवार्डले गत वर्ष सम्भव सबै उपाधि जिते । यद्दपी पहिलो पटक टोलीलाई च्याम्पियन्स लिगको फाइनल पुर्याउन सफल रहेपनि त्यो उपाधि भने दिलाउन सकेनन् । उनको टोली फाइनलमा बायर्न म्युखिनसँग पराजित भएको थियो । उनलाई नयाँ पुस्ताका नेतृत्वकर्ताका हेरिएको छ । तर त्यसका लागि पिएसजी उनका लागि सहि क्लब हो भन्ने प्रश्न पनि उठ्न थालेको छ ।
२.जोसुवा किमिच – बायर्न म्युनिख
किमिच विश्वका उत्कृष्ट मिडफिल्डरमध्येका एक मानिन्छन् । कतिपयले उनलाई विश्वकै उत्कृष्ट मिडफिल्ड पनि मानेका छन् । गत वर्ष बायर्नको अपार सफलतामा उनको योगदान महत्वपूर्ण मानिन्छ । उनी विना क्लबले त्यति सफलता प्राप्त गर्न सक्दैन थियो भन्ने पनि छन् । ७ गोल गरेका उनले १७ असिस्ट गरेका थिए । तर, त्यो पनि उनले डिफेन्सिफ मिडफिल्डको भूमिका खेल्दा गरेका हुन् ।
१. रोर्बेट लेवान्डोवस्की – बायर्न म्युनिख
लेवान्डोवस्कीको गएको वर्ष उच्च लयमा थिए । बुन्डेसलिगा र च्याम्पियन्स लिग दुवैमा उनी उच्च गोलकर्ता रहे । ३२ वर्षको उमेरमा त्यो प्रदर्शनबाट भन्न सकिन्छ कि उमेर भनेको नम्बर मात्रै हो । गत वर्ष ४७ प्रतिस्पर्धात्मक खेलमा उनले ५५ गोल गर्नुका साथै १० असिस्ट गरिएको थियो । उनको प्रभावलाई कसैले नकार्न सक्दैन ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij