Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

माननीयलाई ललितपुर चेम्बरको माला

माननीयलाई ललितपुर चेम्बरको माला

  • ललितपुर । ललितपुर चेम्बर अफ कमर्सले ललितपुर जिल्लाको प्रतिनिधि तथा प्रदेश सभामा विजयी हुनुभएका सभासदहरुलाई स्वागत गर्दै बधाई ज्ञापनसहित सम्मान गरेको छ ।

    images
    images
    images

    उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लका साथै कार्यक्रमका सभापति ललितपुर चेम्बर अफ कमर्सका अध्यक्ष पुष्परत्न शाक्यले ललितपुर २ का प्रतिनिधि सभा सदस्य प्रेम महर्जन, ललितपुर ३ का प्रतिनिधि सभा सदस्य डा. तोसिमा कार्की, ललितपुर १ (१) का प्रदेश सभा सदस्य मधुसुदन पौडेल, ललितपुर २(१) का प्रदेश सभा सदस्य रामेश्वर श्रेष्ठ, ललितपुर २ (२) का प्रदेश सभा सदस्य रामकृष्ण चित्रकार र ललितपुर ३ (१) का प्रदेश सभा सदस्य रघुनाथ महर्जनलाई  सगुन दिंदै खादा ओढाएर सम्मान गर्नुभएको थियो ।

    कार्यक्रमा बोल्दै प्रमुख अतिथि नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले राजनीतिक दलहरुले आपसी समन्वयका आधारमा काम गर्नसके देशको आर्थिक समृद्धी गर्न सकिने बताउनुभयो ।

    त्यस्तै कार्यक्रमका सभापति एवम् ललितपुर चेम्बर अफ कमर्सका अध्यक्ष पुष्परत्न शाक्यले मुलुकको समग्र विकासका लागि आर्थिक विकास पहिलो विषय रहेको बताउँदै त्यसका लागि राजनीतिक स्थिरता आवश्यक रहेको बताउनुभयो ।

    साथै ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई दिनुहुँदै वृहत क्षेत्र ओगटेको ललितपुरको विकासका लागि आपसी सहकार्यका लागि संघ तथा प्रदेश सभाहरुसँग हातेमालो गरी अगाडी बढ्ने बताउनुभयो ।

    316372023_555155789781906_3976593448689222794_n.jpg317351473_964994614460463_7473693535751679728_n.jpg316483546_662432328695504_5503023322118298051_n.jpg 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij