
Apr 21 2025 | २०८२, वैशाख ८ गते
बाठमाडाैँ । ब्राजिलमा पहिरो तथा भलबाढीका कारण कम्तीमा ९४ जनाको मृत्यु भएको छ। रियो दी जेनेरियोको उत्तरी क्षेत्रको पहाडी इलाकामा पर्ने पेत्रोपोलिस बजार पहिरोका कारण प्रभावित भएको छ।
मुसलधारे वर्षाका कारण सो क्षेत्रमा पहिरो तथा भलबाढी आएको स्थानीय अधिकारीले बताएका छन्।
पहाडी बजारका घरहरु र कारहरु पहिरोले बगाएको थियो।
पेत्रोपोलिस सहरका मेयरले आपतकालीन अवस्था घोषणा गरेका छन्। पहिरो तथा बाढीको लेदोमा पुरिएकाहरुको खोजी तथा उद्धारको काम जारी रहेको छ।
२४ जनाको जीवितै उद्धार गरिएको ब्राजिलको नेशनल सिभिल डिफेन्सले जनाएको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij