
Jun 08 2025 | २०८२, जेठ २५ गते
ललितपुर । ललितपुरको कुमारीपाटीमा सञ्चालित गुडविल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका संचालक सम्पर्कविहिन बनेपछि सदस्यहरु मर्कामा परेका छन् । सदस्यहरु एकजुट हुँदै ललितपुर प्रहरी परिसरमा उजुरीसमेत दिइसकेका छन् ।
सदस्यहरुले आफ्नो रकम फिर्ता पाउन माग गर्दै ललितपुरका रहेका बचत संघलाई समेत गुहारेका छन् । सदस्यहरुले कुमारीपाटीस्थित सहकारीमा बिहानैदेखि पैसा फिर्ताको माग गरेर कार्यालयलाई भित्रै धर्ना दिने र निगरानीमा राखेका छन् । ललितपुर प्रहरीले यसबारे अनुसन्धान भइरहेको जनाएको छ ।
यो पनि पढ्नुस् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij