Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

रास्वपाको पहिलो महाधिवेशन आइतबारदेखि सुरु हुँदै, यस्तो छ कार्यतालिका

रास्वपाको पहिलो महाधिवेशन आइतबारदेखि सुरु हुँदै, यस्तो छ कार्यतालिका

  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन भोलि आइतबारदेखि चितवनको भरतपुरमा सुरु हुँदैछ । महाधिवेशनको संघारमा पार्टीको केन्द्रीय निर्वाचन आयोगले निर्वाचन कार्यतालिका तथा उम्मेदवारी दर्ताका लागि आवश्यक प्रक्रिया र शुल्कको विवरण सार्वजनिक गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    पार्टीको निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार असार ६ गते राती ८:३० बजे पार्टीको वेबसाइटमार्फत महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली प्रकाशन गरिएको छ । असार ७ गते राती ८:३० बजेसम्म चितवन औद्योगिक प्रदर्शनी केन्द्रमा रहेको निर्वाचन आयोगको सम्पर्क सचिवालयमा प्रतिनिधिहरूमाथि दाबी वा विरोध गर्न सकिने समय दिइएको छ भने सोही दिन राती ११ बजेसम्म प्रतिनिधिहरूको अन्तिम नामावली प्रकाशन गरिनेछ ।

    AGNI GROUP

    असार ८ गते दिउँसो १ बजेदेखि उम्मेदवारी मनोनयनका लागि फारम वितरण सुरु हुनेछ र दिउँसो २ बजेदेखि ४ बजेसम्म उम्मेदवारी मनोनयनपत्र दर्ता गरिनेछ । सोही दिन साँझ ६ बजे उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशन गरिनेछ र साँझ ६ बजेदेखि ७ बजेसम्म उम्मेदवारहरू विरुद्ध दाबी वा विरोध गर्ने समय तोकिएको छ । सोही दिन बेलुकी उम्मेदवारहरूको जाँचबुझ गर्ने तथा बेलुकी ५:१५ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्ने समय प्रदान गरिनेछ र राती ११ बजे उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरिनेछ ।

    पार्टी सभापति र केन्द्रीय सदस्यहरूका लागि पहिलो चरणको मतदान असार ९ गते बिहान ८:३० बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ र मतदान सम्पन्न भएको दुई घण्टापछि मतगणना सुरु भई मतपरिणाम घोषणा गरिनेछ । दोस्रो चरणको उम्मेदवारी तथा थप निर्वाचन कार्यतालिका भने पछि प्रकाशन गरिने आयोगले जनाएको छ ।आयोगका प्रमुख भुवन केसीद्वारा जारी सूचना अनुसार विभिन्न पदका लागि उम्मेदवारी शुल्क, प्रस्तावक र समर्थकको संख्या निर्धारण गरिएको छ । जसअन्तर्गत पार्टी सभापति पदका लागि ५१,००० रुपैयाँ शुल्क तोकिएको छ भने उम्मेदवारीका लागि १ जना प्रस्तावक र ५१ जना समर्थक आवश्यक पर्ने व्यवस्था गरिएको छ ।

    यसैगरी, पार्टी पदाधिकारीका लागि ४१,००० रुपैयाँ उम्मेदवारी शुल्कका साथै १ जना प्रस्तावक र २१ जना समर्थक आवश्यक पर्नेछ । केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिन चाहनेले २१,००० रुपैयाँ शुल्क बुझाउनुपर्नेछ भने उम्मेदवारको पक्षमा १ जना प्रस्तावक र २१ जना समर्थक हुनुपर्नेछ । उम्मेदवार बन्नका लागि प्रस्तावक र समर्थक बस्ने व्यक्तिहरू अनिवार्य रूपमा महाधिवेशन प्रतिनिधि नामावली सूचीमा समावेश भएको पार्टी सदस्य हुनुपर्ने प्रावधान छ ।

    725755983_2207414156701114_6490097732688915454_n-1781965636.jpg
    undefined

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij