Logo

Jun 08 2025 | २०८२, जेठ २५ गते

Jun 08 2025 | २०८२, जेठ २५ गते

ललितपुरकै चर्चित सहकारीका संचालक एकाएक बेपत्ता !

ललितपुरकै चर्चित सहकारीका संचालक एकाएक बेपत्ता !

  • ललितपुर । ललितपुरको कुमारीपाटीमा सञ्चालित गुडविल बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई ललितपुर प्रहरीले घेराबन्दी गरेको छ । सहकारीका सञ्चालक बचतकर्ताको रकम उठाएर सम्पर्कविहिन बनेपछि प्रहरीले सुरक्षा सतर्कता अपनाएको हो । बचतकर्ताले सो सहकारीसँग आफ्नो निक्षेप माग गर्दा पनि आलटाल गर्दै आइरहेको र एकाएक सम्पर्कविहिन बनेपछि बचतकर्ताहरु आक्रोशित बनेका हुन् ।

    images
    images
    images

    संस्थामा नियमित बचत गर्दै आइरहेका एक सदस्यले भने, ‘धेरैपटक धाएँ, तर बचत फिर्ता पाइएन ।’

    images

    संस्थाविरुद्धको उजुरी ललितपुर प्रहरी परिसरमा परेको छ । प्रहरी स्रोतका अनुसार संचालकको खोजी भइरहेको जनाएको छ । यता जिल्ला बचत संघका अध्यक्ष रामहरि बजगाईँले अपराधिक प्रवृति राखिएको हो भने कारवाहीको प्रक्रिया अघि बढ्ने धारणा राखे । यसभन्दा अघि कुमारीपाटीकै पशुपति साकोस र लुभुँको संन्ध्याकालीन साकोसको प्रकरणले पनि सहकारीमाथिको विश्वासलाई शंकामा परिणत गरिदिएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij