
Apr 19 2025 | २०८२, वैशाख ६ गते
ललितपुर । पहिलो विपि स्मृती फुटसल प्रतियोतिाको उपाधि चापागाँउ टिमले जितेको छ । गतविहीबारबाट ललितपुरको चापागाँउमा आयोजित प्रतियोगितामा बु्द्ध युवा क्लव मानिखेललाई पराजित गर्दै चापागाँउले उपाधि चुमेको हो । नेपाल विद्यार्थी संघ ललितपुर क्षेत्र नम्बर १ को आयोजनामा सम्पन्न प्रतियोगिताको तेश्रो स्थान लेलेले जितेको थियो । प्रतियोगितामा प्रथम हुने चापागाँउ टिमलाई नगद ७५ हजार दोस्रो हुने मानिखेल टिमलाई ५० हजार र तेस्रो हुने लेलेलाई २५ हजार नगद हस्तान्तरण गरिएको थियो ।
प्रतियोगिता अवधिभर बुद्ध युवा क्लव मानिखेल अरुण लामाले २० गोल गरेर पुरस्कार पाए । वाङ्गेल लामा उत्कृष्ट खेलाडी घोषित भए भने आश्राङ सशक्तिकरण क्लवका बिबेक तामाङ उत्कृष्ट गोल किपर घोषित थिए । किशोर देसार उत्कृष्ट रेफ्री घोषित भए । उनीहरुलाई ५ हजार पुरुस्कार वितरण गरिएको थियो । पदक हस्तान्तरण कार्यक्रममा पुर्बमन्त्री एवं नेपाली काँग्रेस खेलकुद बिभाग प्रमुख मोहनबहादुर बस्नेत, नेपाली कांग्रेस ललितपुर सभापति मदनबहादुर अमात्य खेलकुद परिषदका पुर्बकोषाध्यक्ष मीनकृष्ण महर्जन र गोदावरी नगरपालिका मेयर गजेन्द्र महर्जन सहभागी थिए । कार्यक्रममा विजेता टिमका खेलाडीहरुलाई मेडल ट्रफी प्रमाणपत्र बितरणगरिएको थियो।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij