Logo

Jun 07 2025 | २०८२, जेठ २४ गते

Jun 07 2025 | २०८२, जेठ २४ गते

डोनाल्ड ट्रम्प र एलन मस्कबीच भनाभन

डोनाल्ड ट्रम्प र एलन मस्कबीच भनाभन

  • काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्बपति एलन मस्कका कम्पनीसँगको सरकारी सम्बन्ध र अनुदान तोड्ने चेतावनी दिएका छन् । जवाफमा मस्कले पनि ट्रम्पलाई महाअभियोग लगाउनुपर्ने अभिव्यक्ति दिएका छन् ।

    images
    images
    images

    ट्रम्पले हालै मस्कलाई सरकारी खर्च कटौती गर्ने सरकारी निकायको प्रमुखमा नियुक्त गरेका थिए । मस्क सो जिम्मेवारीबाट अलग भएपछि उनीहरुको विवाद पनि छताछुल्ल भएर सार्वजनिक भएको छ । मिडिया प्लाटफर्ममा उनीहरुले एकअर्कालाई आरोपप्रत्यारोप गर्दै धम्कीपूर्ण अभिव्यक्ति समेत दिएका छन् ।

    images

    मस्कले पटकपटक ट्रम्पको कर सम्बन्धी नीतिको आलोचना गरेका थिए । त्यसबाट निराश भएका ट्रम्पले मस्कलाई ‘ट्रम्प डेरेन्जमेन्ट सिन्ड्रोम’ भएको टिप्पणी गरे । त्यसपछि मस्कले आफू नभएको भए ट्रम्पले चुनाव हार्ने अभिव्यक्ति दिए र ट्रम्पले विश्वासघात गरेको आरोप लगाए ।

    यति मात्र होइन, मस्कले त अब नयाँ पार्टी खोल्ने समय आएको समेत बताएका छन् । यसका लागि उनले जनमत जुटाउन सुरु गरिसकेको बताएका छन् ।

    ट्रम्पले मस्कका सबै कम्पनीसँगको सरकारी सम्बन्ध र अनुदान रोक्ने धम्की दिएपछि मस्कको टेस्ला कम्पनीको शेयर १४ प्रतिशतले घटेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएको छ । मस्क एपेस एक्स, टेस्ला, एक्स (साविकको ट्वीटर) लगायतका कम्पनीका मालिक हुन् ।

    images

    ट्रम्पले सरकारी सम्बन्ध तोड्ने बताएपछि मस्कले स्पेस एक्स नामको कम्पनीले ड्रागन अन्तरीक्ष यानलाई बन्द गर्ने घोषणा समेत गरेका छन् ।

    ट्रम्पले ह्वाइटहाउसस्थित ओभल अफिसमा भनेका छन्, ‘मस्कसँग मेरो राम्रो सम्बन्ध थियो । अब उनीसँगको सम्बन्ध कसरी अगाडि बढ्छ भन्ने मलाई थाहा छैन । म एलन मस्कबाट निकै निराश भएको छ । मैले उनलाई धेरै सहयोग पनि गरेको थिएँ ।’

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij