
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । मंगलबार बोर्डले करार सेवामा ५ जना फार्मेसी अधिकृत र ४ जना मेडिकल अधिकृत गरी ९ जना कर्मचारीको दरखास्त आह्वान गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य बीमा बोर्ड टेकुले कर्मचारीको लागि दरखास्त आव्हान गरेको छ ।
फार्मेसी अधिकृतको लागि एम। फार्म उत्तिर्ण गरी सम्बन्धित क्षेत्रमा २ वर्षको अनुभव भएको र मेडिकल अधिकृतले एमबिबिएस पास गरी २ वर्षसम्म काम गरेको हुनुपर्ने सूचनामा उल्लेख गरिएको छ । इच्छुक उम्मेदवारहरूले १५ दिनभित्र आवेदन पेश गर्नुपर्ने बोर्डले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij