Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

नेपालमा पछिल्लो २४ घण्टामा थप ११९ जनामा संक्रमण पुष्टि, ३ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप ११९ जनामा संक्रमण पुष्टि, ३ जनाको मृत्यु

  • काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ११९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ९२५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    images
    images
    images

    त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण ३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या २ हजार ३८ पुगेको छ ।

    नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या २६० रहेको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ६८ हजार ७२ पुगेको छ।

    हाल नेपालमा सक्रिय संक्रमितको संख्या १ हजार ८१५ रहेको छ । अहिलेसम्म नेपालमा २० लाख ९३ हजार ४१७ वटा पीसीआर नमूना परीक्षण भएका छन् । नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या ९२ रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij