Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

भोलिदेखि कोरोनाविरुद्धको दोस्रो चरणको खोप लगाइने

भोलिदेखि कोरोनाविरुद्धको दोस्रो चरणको खोप लगाइने

  • काठमाडौँ । नेपालमा भोलिदेखि दोस्रो चरणका खोप लगाउने तयारी भएको छ । सरकारले सोमबार (भोलि) देखि पत्रकार, युएन एजेन्सी, दूतावास तथा कूटनीतिक नियोगका कर्मचारीका लागि कोरोनाविरुद्धको खोप लगाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो चरणमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई खोप दिन थालेको ११ दिनपछि पत्रकार तथा कूटनीतिक नियोगका कर्मचारीलाई खोप दिने निर्णय गरेको हो।

    images
    images
    images

    मन्त्रालयका अनुसार पत्रकार, युएन एजेन्सी, दूतावास तथा कूटनीतिक नियोगका कर्मचारीहरुले तोकिएको अस्पतालमा सोमबार देखि शुक्रबारसम्म पुगेर खोप लगाउन सक्नेछन्। पत्रकारका लागि मिनभवनस्थित सिभिल अस्पताल, युएनका लागि पाटन अस्पताल, दुतावास र कुटनीतिक नियोगका कर्मचारीका लागि त्रिवि शिक्षण अस्पताल वा गंगालाल अस्पताल तोकिएको छ। खोप लगाउनका लागि पत्रकारहरुले सूचना विभागको प्रेस पास देखाउनु पर्नेछ। खोप विहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म चल्ने छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij