Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

नियन्त्रित लागूऔषध सहित ५ जना पक्राउ

नियन्त्रित लागूऔषध सहित ५ जना पक्राउ

  • नवलपरासी । बिनयी त्रिबेणी गाउँपालिका-१ दुम्किबास बजारबाट नियन्त्रित लागूऔषध १ सय ४८ एम्पुल फेनारगन, १ सय ४९ एम्पुल डाईजेपाम र १ सय ५९ एम्पुल नुर्फिन सहित ५ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

    images
    images
    images

    पक्राउ पर्नेहरुमा पर्बत कुस्मा नगरपालिका-४ बस्ने २५ वर्षीय सम्सेर घर्ती मगर, कास्की पोखरा महानगरपालिका-१० बस्ने २३ वर्षीय बिजय चौधरी, चितवन भरतपुर महानगरपालिका-१४ बस्ने २४ वर्षीय दिपेश बिक, चितवन भरतपुर महानगरपालिका-१६ बस्ने २६ वर्षीय सर्बबिद बस्नेत र भरतपुर महानगरपालिका-१९ बस्ने ३a३ वर्षीय सिंहराज लामा रहेका छन् । ईलाका प्रहरी कार्यालय दुम्किवासबाट खटिएको प्रहरीले सवारी साधन जाँच गर्ने क्रममा उनीहरुको साथबाट उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij