Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

जन्मिएको कति समयपछि बच्चालाई घर बाहिर निकाल्नु सुरक्षित ?

जन्मिएको कति समयपछि बच्चालाई घर बाहिर निकाल्नु सुरक्षित ?

  • काठमाडौँ । शिशु जन्मिएपछि आमाले ४० दिनसम्म आराम गर्नुपर्छ र यतिबेला महिलाले आफ्नो सन्तानलाई कहिले घर बाहिर निकाल्न मिल्छ होला भनेर सोच्ने गर्छन् । शिशुलाई घर बाहिर निकाल्ने विषयमा आमा–बुवाको मनमा विभिन्न प्रकारका प्रश्न आउने गर्छन्  जस्तै बच्चालाई कति समयपछि घर बाहिर लिएर जान सकिन्छ वा कस्ता कस्ता ठाउँमा लिएर जान मिल्छ ?

    images
    images
    images

    यीमध्ये सबैभन्दा महत्वपूर्ण प्रश्न भनेको शिशु जन्मिएको कति समयपछि बाहिर निकाल्न मिल्छ ? आउनुहोस्, यो प्रश्नको जवाफ थाहा पाऔं ।

    घरबाट कहिले निकाल्ने ?

    यदि तपाईंको बच्चा स्वस्थ छ र उनलाई कुनै पनि समस्या नभएको स्थितीमा डाक्टरले जुन सुकै बेला पनि शिशुलाई घर बाहिर निकाल्न हुने सल्लाह दिन्छन् । साधारणतया समयअगावै जन्मिएक बच्चा वा कुनै स्वास्थ्य समस्याबाट ग्रस्त शिशुलाई जन्मेको कम्तिमा दुई महिनासम्म घरबाट बाहिर ननिकाल्न सल्लाह दिइन्छ । यति समयमा शिशुको प्रतिरोधी क्षमता थोरै विकसित भइसकेको हुन्छ । 

    शिशुलाई प्रदुषणरहित वातावरणमा निकाल्नु राम्रो हुन्छ तर यतिबेला तपाईंले शिशुको सुरक्षाका लागि केही कुरामा ध्यान दिन आवश्यक छ । 

    शिशुलाई घर बाहिर निकाल्नुका फाइदाः

    शिशुलाई घर बाहिर निकाल्दा विभिन्न फाइदा हुनसक्छन्, जस्तैः

    भिटामिन डीः शिशुको विकास र प्रतिरोधी क्षमताका लागि भिटामिन डी निकै नै आवश्यक हुन्छ । बच्चालाई दिनमा १५ मिनेटभन्दा बढी घाममा नराख्नुहोस् । 

    गहिरो निद्रा लाग्छः

    प्राकृति प्रकाशले निद्राको ढाँचा विकसित गर्न महत्वपूर्ण भूमिका निभाउँछ । युनिभर्सिटी अफ लिभरपुलले गरेको एक अनुसन्धान अनुसार दिउँसो बच्चालाई घाममा राख्दा बच्चालाई राती मज्जाले निद्रा लाग्छ । 

    प्रतिरोधी क्षमता बढ्छः

    नवजात शिशुको प्रतिरोधी क्षमता राम्रोसँग विकसित भएको हुँदैन । शिशुलाई बाहिर निकाल्दा उसको प्रतिरोधी क्षमता बढाउन मद्दत मिल्छ र रोगसँग लड्नका लागि यो सहयोगी हुनसक्छ । 

    बाहिर घाममा निकाल्दा बच्चाका लागि मात्रै होइन, आमाका लागि पनि फाइदाजनक हुन्छ । यसले नयाँ आमालाई पोस्पार्टम डिप्रेशनसँग लड्न मद्दत मिल्छ । 

    के शिशुलाई बाहिर निकाल्नु खतरनाक हो ?

    यदि तपाईंको बच्चा पूर्ण रुपमा स्वस्थ छन् भने उसलाई घर बाहिर निस्कनका लागि कुनै जोखिम छैन । यद्यपि, तपाईंले बढी भीड भएको स्थानमा बच्चालाई लैजानु हुँदैन । यसो गर्दा बच्चा कुनै पनि बिरामी व्यक्तिको सम्पर्कमा आउन सक्छ । 

    ध्यान राख्नुहोस् यी टिप्सः

    – बच्चालाई मौसम र समयको हिसाबले राम्रोसँग कपडा लगाइदिनुहोस् । 

    – शिशुलाई केही समयका लागि मात्रै घरबाट बाहिर लैजानुहोस् । यसले बच्चलाई बाहिरको माहौलमा बिस्तारै एडजस्ट हुने मौका पाउनेछन् । 

    – घरबाट बाहिर निस्कनु अघि शिशुलाई दुध खुवाउनुहोस् । बच्चालाई अत्यधिक भीडभाडयक्त स्थानमा नलैजानुहोस् । 

    – यसबाहेक बच्चालाई कुनै पनि बिरामी व्यक्तिको सम्पर्कमा आउन नदिनुहोस् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij