Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

प्रेसर हाई भएर हैरान हुनुहुन्छ ? के खाने के नखाने यस्ता छन् जान्नैपर्ने कुरा (टिप्ससहित)

प्रेसर हाई भएर हैरान हुनुहुन्छ ? के खाने के नखाने यस्ता छन् जान्नैपर्ने कुरा (टिप्ससहित)

  • काठमाडौं  । समय फेरियो । अब खानै नपाउने अवस्थाका नेपाली कमै छन् । तर हाम्रो अस्वस्थ्य जीवनशैली, आनीबानी र अल्छीपनाले हामीमध्ये धेरैलाई गाँजेको छ । यस्तो आहारविहार भएपछि हामीसँग भएको धन दौलतले केहि पनि गर्दैन ।

    images
    images
    images

    हिजोआजका मानिसहरुलाई मीठामीठो खानुपर्ने, हप्ताको ४ दिन मासु खानैपर्ने, रक्सी खाने , सुर्तीजन्य तथा अन्य नशाको सेवन गर्नुपर्ने, विभिन्न खाले मानसिक तनावमा रहनुपर्ने बाध्यता, शारीरिक व्यायामको कमी आदिको कारणले गर्दा ब्लडप्रेसरको समस्या बढ्दै गएको छ ।

    परिणामस्वरुप हार्ट अट्याक, प्रेसर हाई, प्यारालाइसिस मुटुरोग जस्ता समस्या देखिन थालेका छन् । हाम्रो यहि जीवनशैलीले निकालेको रोग हो – उच्चरक्तचाप अर्थात् ‘ब्लडप्रेसर हाई’ ।

    पहिले धनीमानी, उमेर भएका रोगले च्यापेकालाई छिटफूट देखिने यो रोग अहिले २० वर्षे ठिटाठिटीदेखि वयस्क, पुरुष मिलामा देखिन थालेको छ । सुन्दै डरलाग्दो यो तथ्य नेपालकै हो ।

    ३० वर्षका युवाले समेत प्रेसर हाई भएको समस्याले नियमित औषधि खानुपर्ने अवस्था छ । ब्लडप्रेसरका कारणमध्ये २ देखि ३ प्रतिशतको मात्रै कारण देखिएको छ । बाँकी ९७ प्रतिशतको कारण पत्ता नलागेको बताईन्छ । त्यसैले उच्च रक्तचापलाई साइलेन्ट किलर रोग हो ।

    चक्कर आउनु, निद्रा नलाग्नु, मुटुको धड्कन बढ्नु, धड्कन रोकिएजस्तो हुनु, भनभन रीगँटा छुट्नु आँखा हेर्नै गारो हुनु, श्वास रोकिएला झै हुनु जस्ता लक्षण देखिन्छ । यसले पयारालाईसिस जस्तो भयानक रोग निम्त्याउन सक्छ भने हार्ट अटट्याक जस्ता ‘अन द स्पट डेड’ हुन सक्छ ।
    तर नआत्तिनुहोस् ।

    जीवनशैली तथा खानपानमा ध्यान दिने हो भने उच्च रक्तचापलाई कम गर्न र नियन्त्रण गर्न सकिन्छ ।

    उच्च रक्तचापका रोगीले पर्याप्त मेवा खानुपर्छ ।

    केरा सेवन केरामा पोटासियम भन्ने तत्व पर्याप्त मात्रामा पाइन्छ, जसले शरीरमा नुनको असर कम गर्दछ ।

    हरेक बिहान खाली पेट लसुनका दुइ पोटी तथा एक गिलास पानी पिउनुहोस् ।

    अदुवामा रक्तसंचारलाई सन्तुलित गराउने एन्टीअक्सिडेन्टहरु पाईने भएकोले अदुवाको टुक्रा मुखमा राखिरहँदा पनि फाईदाजनक हुन्छ ।

    आधा गिलास पानीमा एक चम्चा मरीचको धुलो घोल्नुहोस् र केही तताउनुहोस् । चिसो भइसकेपछि २ २ घण्टामा थोरै थोरै गरेर पिउनुहोस् ।

    तुलसी तथा निमको पातको सेवन गर्नुहोस् ।

    एक चम्चा मेथीका दानालाई एक गिलास पानीमा मिलाएर उमाल्नुहोस् । त्ससपछि त्यो मेथीपानीलाई चिसो पारेर पिउनुहोस् ।

    गाजर र पालुंगोको रस पिउनाले रक्तचाप नियन्त्रणमा फाइदा पुग्छ ।

    १ चम्चा अमलाको रस र एक चम्चा मह मिलाएर हरेक दिन बिहान बेलुकी खाने गर्नाले रक्तचाप कम गर्छ ।

    रक्त चाप उच्च भएकाहरुले नियमित रुपमा एक गिलास पानीमा आधा कागती निचोरेर दिनको ३।४ पटक पिउनुपर्छ ।

    गहुँ तथा चनाको रोटी सेवन राम्रो मानिन्छ ।

    धूम्रपान मद्यपान त्याग्नुहोस् ।

    नियमित एक्सरसाईजहरु गर्नुहोस् ।

    महीको सेवन निकै फाइदाजनक हुन्छ । उच्च रक्तचापका रोगीले पर्याप्त निद्रा लिनुपर्छ । बढी कफी तथा कफीजन्य पदार्थले रक्तचाप बढाउँछ । करेला, मेथी, नीमको पात, घ्युकुमारी खाने, आर्युेवेदिक उपाय गर्ने, योग, ध्यान गरेर पनि कम गर्न सकिन्छ । ब्लडप्रेसर नियमित जाँच गर्नुपर्छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij