
Aug 24 2025 | २०८२, भदौ ८ गते
ललितपुर । स्थानीय स्तरमा खेलाडी उत्पादन गर्ने उद्धेशयका साथ सुरुवात गरिएको ललितपुर जिल्ला स्तरीय यल कपको १५ औं संस्करण आश्विन २५ गते बाट हुने भएको छ । ५० औं काउन्ट डाउनको सुभारम्भ गर्दै आश्विन २५ गते देखि कार्तिक १ गते सम्म प्रतियोगिता हुने आयोजकले बताए ।
काउन्ट डाउनको ललितपुर वडा नं. ७ का अध्यक्ष कुल बहादुर महर्जनले ब्यानर अनावरणका साथ कार्यालयको उद्घाटन गरेका थिए ।प्रतियोगितालाई भब्य र सम्यका साथ मर्यादित रुपमा सम्पन्न गर्नका लागि विभिन्न समितिहरु गठन गर्नुका साथै विभिन्न कार्यको समय सिमा निर्धारण गरिएको छ ।
सोही क्रममा प्रतियोगितालाई स्वच्छ र निर्विवाद संचालनका लागि प्रतियोगिता निर्देशकमा सुनिल शाक्य, प्रतियोगिता रेफ्रिमा अनुपरत्न शाक्य र म्याच कन्ट्रोलमा सुमित शाक्यलाई नियुक्ति गर्नुका साथै पत्र हस्तान्तरण गरियो ।
कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष महर्जनले प्रतियोगिता लाई मर्यादित र निश्पक्ष बनाउन र १४ औं संस्करणमा वडा नं. ७ दोश्रो स्थानमा रहेकोमा यस पटक पहिलो स्थान प्राप्त गर्ने गरि तयारी गर्न निर्देशन दिंदै वडाले कार्यक्रमका लागि १० लाख छुट्याएको र आवश्यक परेमा अरु आर्थिक सहयोग गर्ने बताए ।
ललितपुर जिल्लाका विभिन्न क्लब तथा ब्यक्तिहरुको सहभागिता रहने प्रतियोगिताको कुल लागत ४० लाख रहेको आयोजकका दीपक कुमार ‘दान रत्न’ बज्राचार्यले जानकारी गराए ।
प्रतियोगिता ललितपुर वडा नम्बर ७ भिन्छेबहाल स्थित मयूरवर्ण महाविहारको ब्याडमिन्टन कोर्टमा संचालन हुने आयोजकले जनाएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij