
Aug 23 2025 | २०८२, भदौ ७ गते
ललितपुर । समाजसेवी तथा व्यवसायी बाबुराजा ज्यापुले यस वर्षको आफ्नो जन्मदिन एक विशेष ढंगले मनाएका छन् । उनले पारिवारिक भोज वा औपचारिक कार्यक्रम नगरी जेष्ठ नागरिकहरुसँग समय बिताउने निर्णय लिए । यसै क्रममा, ज्यापु समाजद्वारा सञ्चालित जेष्ठ नागरिक आनन्द निकेतन, बागडोलमा पुगेर उनले आफ्नो जन्मदिन मनाएका हुन् ।
जन्मदिनको अवसरमा बाबुराजाले त्यहाँ नियमित कक्षा लिइरहेका जेष्ठ नागरिकहरुसँग आत्मीयतापूर्वक समय बिताए । उनले सबै जेष्ठ नागरिकहरूसँग भेटघाट गर्दै आशीर्वाद लिए र सँगै बसेर खाना समेत खाए। कार्यक्रममा उपस्थित ज्येष्ठ नागरिकहरूले बाबुराजाको यस्तो मानवीय पहललाई भावपूर्ण स्वागत गरेका थिए।
बाबुराजाले जेष्ठ नागरिकहरुसँग समय बिताउँदा आफूलाई परिवारको जस्तो आत्मीयता प्राप्त भएको अनुभव सुनाए ।
बाबुराजाले जन्मदिनलाई विशेष बनाउनका लागि गरिएको यस कार्यले समाजमा सकारात्मक सन्देश दिएको छ। उनले जेष्ठ नागरिकहरुसँग समय बिताउँदा आफूलाई परिवारको जस्तो आत्मीयता प्राप्त भएको अनुभव सुनाए । उनका अनुसार, जीवनमा सफलताको आधार आशीर्वाद, सद्भभाव र समाजसँगको सहकार्य हो।
निकेतनमा रहेका जेष्ठ नागरिकहरूले बाबुराजालाई दीर्घायु र सफलताको शुभकामना दिँदै उनको सामाजिक योगदानको प्रशंसा गरे। जेष्ठ नागरिक आनन्द निकेतनका संयोजक रमिला महर्जनले बाबुराजाले देखाएको उदाहरणले अन्यलाई समेत प्रेरणा दिने विश्वास व्यक्त गरे।
समाजमा सामान्यतया जन्मदिन व्यक्तिगत उत्सवका रूपमा मनाइने परम्परा छ। तर बाबुराजाले यसलाई सामाजिक उत्तरदायित्व र मानवीयतासँग जोडेर मनाएको कदमले जन्मदिनलाई सेवा र आदर्शको रुपमा प्रस्तुत गरेको टिप्पणी गरिएको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij