Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

स्वास्थ्य मापदण्ड पालना गर्न बहराइनस्थित दूतावासको अनुरोध

स्वास्थ्य मापदण्ड पालना गर्न बहराइनस्थित दूतावासको अनुरोध

  • काठमाडौँ । बहराइनका लागि नेपाली राजदूतावासले कोरोना भाइरसबाट बच्नका लागि माक्स प्रयोग गर्न, सामाजिक दूरी कायम गर्नलगायत स्वास्थ्य मापदण्ड पालना गरी सामाजिक उत्तरदायित्व बहन गर्न अनुरोध गरेको छ ।

    images
    images
    images

    मनामास्थित राजदूतावासले आइतबार विज्ञप्ति जारी गरी बहराइन अधिराज्य सरकारले बहराइनी नागरिकसरह त्यहाँ कार्यरत नेपालीलगायत सबैको हितका लागि कोरोना भाइरसको खोप निःशुल्क उपलब्ध गराएकोमा धन्यवादसमेत व्यक्त गरेको छ । “बहराइन सरकारले खोप कार्यक्रममा सहभागी भइनसकेकालाई नाम दर्ता गराउन बारम्बार आग्रह गरेकातर्फ राजदूतावास यहाँ रहनुभएका सबै नेपाली दिदीबहिनी तथा दाजुभाइको ध्यानाकर्षण गराउँदछ”, विज्ञप्तिमा भनिएको छ ।

    बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले खोपको दुवै मात्रा लिइसकेका र उनमा स्वास्थ्यसम्बन्धी कुनै जटिलता महसुस नभएकोसमेत दूतावासले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij