
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौं । धनुषाको शहिदनगर नगरपालिका-५ बासुदेवपट्टी विष सेवनबाट तीन बालबालिकाको मृत्यु भएको छ ।
सुशिल साहका ६ वर्षीय छोरा आदित्य साह तथा छोरीद्वय ४ वर्षीया आकृति साह र २ वर्षीया आरुसी साहको मृत्यु भएको हो । विष सेवनबाट सुशिलकी ३० वर्षीया श्रीमती पविता साह सिकिस्त छन् ।
उनीहरू सोमबार साँझ ६:४० बजे आमा र तीनै छोरा–छोरी विष सेवन गरी घरमै बेहोस भएको अवस्थामा फेला परेका थिए । आमा पविताको उपचार जारी रहेको प्रहरीको भनाइ छ ।
आमाले नै छोरा–छोरीलाई विष खुवाएको र आफैं पनि विष खाएर आत्महत्या गर्न खोजेको प्रहरीको अनुमान छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij