
Apr 23 2025 | २०८२, वैशाख १० गते
आकर्षक तलबको प्रलोभनमा पारी रसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको
काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका-४ बस्ने बारा जीतपुरसिमरा उपमहानगरपालिका-१६ का २७ वर्षीय उमेश भोलोन रहेका छन् ।
उमेशले रसिया पठाइदिन्छु भन्दै ४ जना पीडितबाट ३ लाख ४० हजार रुपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनलाई टेकुबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij