
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । पोप फ्रान्सिसको अन्त्येष्टि अप्रिल २६, शनिबार हुनेछ । भ्याटिकनले उनको अन्त्येष्टि स्थानीय समय अनुसार बिहान १० बजे हुने बताएको छ ।
पोपको अन्त्येष्टि सेन्ट पिटर बासिलिकाको अगाडि गरिनेछ । भ्याटिकनले पोपको शव बुधबार बिहान ९ बजे सेन्ट पिटर बासिलिकामा ल्याइने बताएको छ ।
उनको पार्थिव शरीर अन्तिम संस्कार नभएसम्म यहाँ राखिनेछ, ताकि मानिसहरूले उनलाई श्रद्धाञ्जली अर्पण गर्न सकून् । उनलाई हाल सान्ता मार्टा निवासको प्रार्थना गृहमा राखिएको छ, जहाँ उनी पोप हुँदा विगत १२ वर्षदेखि बस्दै आएका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij