
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौं । सरकारले नवराज सुवेदीलाई नजरबन्दबाट मुक्त गरेको छ । चैत १५ गते राजसंस्था पुनःस्थापनाका लागि भएको आन्दोलनपछि गौरीघाटस्थित आफ्नै निवासमा नजरबन्दमा राखिएका सुवेदीलाई मंगलबारदेखि सरकारले रिहा गरेको हो ।
सुवेदी संयुक्त जनआन्दोलन समितिका संयोजक हुन् । उनले विज्ञप्ति जारी गर्दै आफू आन्दोलनको नियमति काममा फर्किएको जनाएका छ ।
सुवेदीले भनेका छन्, ‘गत चैत्र १५ गतेबाट चौबीसै घण्टा म प्रहरीको निगरानीमा थिएँ । आजको दिनबाट निगरानी हटेको छ र म संयुक्त जनआन्दोलन समितिको नियमित काममा फर्केको छु । यसबीच मलाई सद्भाव, सहानुभूति राख्ने सबैप्रति आभार व्यक्त गर्दछु ।’
यसअघि सरकारले तीनकुने घटनाका क्रममा पक्राउ परेका राप्रपाका नेता धवल शमशेर राणालाई हाजिर जमानीमा रिहा गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij