
Aug 02 2025 | २०८२, साउन १७ गते
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक शनिबार पनि बस्दैछ ।
बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय कोटेश्वरस्थित पेरिसडाँडामा बस्नेछ ।
आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले शुक्रबार प्रस्तुत गरेको प्रस्तावमाथि समितिका सदस्यहरूले आ-आफ्नो धारणा राख्ने छन् ।
शुक्रबारको बैठकमा प्रचण्डले वर्तमान परिस्थिति, पार्टीभित्रको अवस्थाबारे ब्रिफिङ गरेका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij