Logo

Aug 02 2025 | २०८२, साउन १७ गते

Aug 02 2025 | २०८२, साउन १७ गते

मेरो मुद्धा भ्रष्टाचारको होइन: माधव नेपाल

मेरो मुद्धा भ्रष्टाचारको होइन: माधव नेपाल

  • काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूमाथि लगाइएको मुद्धा राजनीतिक पूर्वाग्रह र प्रतिशोध भएको दाबी गरेका छन् ।

    images
    images
    images

    प्रदेश समिति बैठकमा भाग लिन आएका नेपालले विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै आफ्नो मुद्धा भ्रष्टाचारको नभएको बताउदै प्रतिशोध भएको बताएका हुन् । उनले निजी जग्गा हदबन्दीभन्दा बढी खरिद गर्न कानुनले नै अधिकार दिएको बताउँदै ऐन, कानुन र संविधानअनुसार नै सर्वसम्मत निर्णय भएको बताए ।

    images

    उनले प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति टिप्पणी गर्दै ओलीको दम्भ, अहङ्कार र नीति देशका लागि अभिशाप बनेको बताए ।अध्यक्ष नेपालले राष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा आउन संविधानले रोक नलगाएको स्पष्ट पार्दै नेपालले व्यक्तिको स्वतन्त्र अधिकारलाई सम्मान गर्नुपर्ने बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij