खेर गइरहेको बिजुली प्रयोग गरी नेपालमा पनि ‘हाइड्रोजन इन्धन’ उत्पादन हुने भएको छ । नेपालीका लागि यो इन्धन भए पनि विकसिन मुलुकमा भने यसलाई तीन प्रकारले प्रयोगमा ल्याइएको पाइएको छ ।
नेपाल आयल निगम र काठमाडौँ विश्वविद्यालयको सहकार्यमा नेपालमा हाइड्रोजन इन्धन उत्पादन गर्ने कार्य सुरु भएको छ । यो विषयमा निगम र केयूबीच इन्धन र उर्जा क्षेत्रमा सहकार्य गरी काम गर्ने भनेर हालै द्विपक्षीय सम्झौता भएको छ ।
सम्झौतापत्रमा केयूका तर्फबाट स्कुल अफ इन्जियनियरिङका डिन डा. डम्बरबहादुर नेपाली निगमका तर्फबाट निर्देशक दीपक बरालले हस्ताक्षर गरेका छन् । निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलका अनुसार यो सम्झौतापछि निगमले नेपालमै हाइड्रोजन इन्धन उत्पादन गरी निर्यात गर्नेसम्मको योजना बनाएको छ । हालसम्म निगमले भारतबाट इन्धन खरिद गरी स्वदेशी बजारमा बिक्री गर्दै आएको छ ।
“विद्युतबाट इन्धन उत्पादन गर्ने प्रविधिको विकासमा निगम र केयूबीच भएको दुई पक्षिय सम्झौता कोसेढुंगा साबित हुन्छ”, पौडेलले भने । आजको अन्नपूर्ण पोष्टमा खबर प्रकाशित छ ।