Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

नेपालमा पछिल्लो २४ घण्टामा थप १०५ जनामा संक्रमण पुष्टि, २ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप १०५ जनामा संक्रमण पुष्टि, २ जनाको मृत्यु

  • काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७० हजार ९५९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    images
    images
    images

    त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण २ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या २ हजार २९ पुगेको छ ।

    नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या २८८ रहेको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ६६ हजार ३३६ पुगेको छ।

    हाल नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार ५९४ रहेको छ । अहिलेसम्म नेपालमा २० लाख ७१ हजार ७ वटा पीसीआर नमूना परीक्षण भएका छन् ।

    नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या १०२ रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij