
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौं । एक सार्वजनिक कार्यक्रममा नेपाल सरकारलाई ‘श्री ५को सरकार’ भनेका खानेपानी मन्त्री मणि थापाले माफी मागेका छन् ।
शनिबार (हिजो) सुर्खेतमा आयोजित नेकपाको ओली समूहको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले नेपाल सरकारलाई ‘श्री ५ को सरकार’ भनेर उच्चारण गरेका थिए । जसको आइतबार सामाजिक सञ्जालममार्फत माफी मागेका हुन् । भूलबस श्री ५ को सरकार भनेको भन्दै उनले माफी मागेका हुन् ।
फेसबुकमा उनले लेखेका छन्, ‘शनिबार नेपाल कम्युनिष्ट पार्टीले सुर्खेतमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा नेपाल सरकार भन्नुपर्नेमा भुलवस अन्यथा भएको र त्यसलाई मैले तत्कालै सच्याएको यहाँहरु जानकार नै हुनुहुन्छ ।
आम नेपाली नागरिक, मेरो शुुभचिन्तक र नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्तामा त्यसबारे कुनै दुविधा नराखिदिनुहुन अनुरोध गर्दछु ।
मेरो पुरै राजनीतिक जिवन, क्रान्ति र परिवर्तनमा विताएको र पश्चगमनका पक्षमा मेरो साथ नहुने कुरा विनम्रताका साथ अनुरोध गर्दछु । भुलबस ती शब्द प्रयोग हुन गएकोमा क्षमा चाहन्छु ।’
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij