Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

अपाङ्गता भएकालाई ज्याकेट र ब्ल्याङ्केट

अपाङ्गता भएकालाई ज्याकेट र ब्ल्याङ्केट

  • काठमाडौं । दुई स्थानीय तहका अतिविपन्न शारीरिक अपाङ्गता भएका व्यक्तिलाई चिसोबाट जोगाउने उद्देश्यले ज्याकेट र ब्ल्याङ्केट वितरण भइरहेको छ । सिबीएम नेपालको सहयोगमा स्रोत व्यवस्थापन तथा ग्रामीण सशक्तीकरण केन्द्र (रिमरेक) धुलिखेलले काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका र भुम्लु गाउँपालिकाका अपाङ्गता भएका अतिविपन्न व्यक्तिलाई ज्याकेट र ब्ल्याङ्केट वितरण गरेको हो ।

    images
    images
    images

    केन्द्रले भुम्लु गाउँपालिकाको १० वडाका १०० अपाङ्गता भएका व्यक्तिलाई ब्ल्याङ्केट प्रदान गरिसकेको छ । यसपछि मण्डनदेउपुरका अपाङ्गता भएका व्यक्तिलाई ज्याकेट र ब्ल्याङ्केट वितरण अभियान थालिएको केन्द्रका सचिव रमेश गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार कोभिड–१९ प्रतिकार्य कार्यक्रमअन्तर्गत मण्डनदेउपुरका १२० अपाङ्गता भएका व्यक्तिलाई नगरको साझेदारीमा ज्याकेट र ब्ल्याङ्केट वितरण गर्ने कार्यक्रम रहेको छ ।
     
    मण्डनदेउपुर नगर उपप्रमुख निर्मला शाहीले ज्याकेट र ब्ल्याङ्केट वितरण कार्यक्रमको ९ नं वडाबाट उद्घाटन गर्दै संस्थाको सहयोगले अपाङ्गता भएका व्यक्तिलाई राहत पुगेको बताउनुभयो । “नगरले अपाङ्गता पहिचान भएका सबैलाई वर्षेनी न्यानो कपडा दिने योजना बनाइरहेको छ”, उहाँले भन्नुभयो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij