Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

सेनामा पेन्सन पाक्ने अवधि घट्यो, १६ देखि २० वर्षमा पेन्सन हुने

सेनामा पेन्सन पाक्ने अवधि घट्यो, १६ देखि २० वर्षमा पेन्सन हुने

  • काठमाडौँ । सरकारले नेपाली सेनामा अन्य दर्जा (फलोअर्सदेखि हुद्दासम्म) र पदिक (जमदार, सुवेदार र प्रमुख सुवेदार) सैनिकले स्वैच्छिक अवकाश लिँदा निवृत्तिभरण (पेन्सन) पाउने अवधि घटाएको छ ।

    images
    images
    images

    सेनाभित्र तल्लो दर्जाका कर्मचारीमा पेन्सन अवधि लामो हुँदा राजीनामा दिने लहर बढेपछि सैनिक सेवा नियमावली संशोधन गरेर पेन्सन पाक्ने अवधि घटाइएको हो । अब पेन्सन अवधि दर्जाअनुसार १६ देखि २० वर्ष हुनेछ । यसअघि २० वर्ष मात्र थियो ।

    संशोधित नियमावलीमा पेन्सन अवधि दर्जागत रूपमा १६ देखि २० वर्षसम्म कायम गरिए पनि तोकिएको अवधि पूरा गरेर बीचमै स्वैच्छिक अवकाश लिए पनि पेन्सन भने २० वर्षपछि मात्र पाइनेछ ।

    संशोधित नियमावलीअनुसार सेनाका फलोअर्स (कार्यालय सहयोगी) र सिपाहीले १६ वर्ष, प्यूठदेखि अमल्दारसम्मले १७ वर्ष, हुद्दा र जमदारले १८ वर्ष तथा सुवेदार र प्रमुख सुवेदारले १९ वर्षमा स्वैच्छिक अवकाश लिन चाहे पेन्सन पाउनेछन् । ‘नयाँ प्रावधानअनुसार २० वर्ष समय अवधि पुगेपछि पेन्सन आए पनि रकम भने १६ वर्ष काम गरेकै आधारमा सैनिकहरूले पाउनेछन्,’ सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले भने ।

    सैनिक अधिकृतहरूले भने पहिलेकै प्रावधानअनुसार स्वैच्छिक अवकाश लिएर पेन्सन पाउन २० वर्ष नै कुर्नुपर्नेछ । मन्त्रिपरिषद्ले पुस २९ गते सैनिक सेवा (तेस्रो संशोधन) नियमावली–२०७७ स्वीकृत गरेको हो । कान्तिपुर दैनिकमा खबर छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij