Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

स्वास्थ्य स्वयंसेविकालाई तीन हजार प्रोत्साहन भत्ता

स्वास्थ्य स्वयंसेविकालाई तीन हजार प्रोत्साहन भत्ता

  • काठमाडौँ  । नागार्जुन नगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई मासिक तीन हजार रुपैयाँ प्रोत्साहन भत्ता दिएको छ । नागरिकको स्वास्थ्यका लागि जुनसुकै अवस्थामा पनि खटिनुपर्ने भएकाले उनीहरुको कामको उच्च मूल्यांकन गर्दै अझ बढी काम गर्ने हौसला प्रदान होस् भन्ने उद्देश्यले नगरपालिकाका दश वटै वडाका ९७ स्वयंसेविकालाई रु तीन हजार प्रोत्साहन भत्ता दिइएको हो ।

    images
    images
    images

    स्वयंसेविकाले सुरक्षित प्रसूति सेवा, बालबालिकालाई खोप, गर्भवतीलाई आइरन चक्की वितरण, बालबालिकालाई भिटामिन खुवाउनेलगायत स्वास्थ्यका आधारभूत विषयमा सहयोग गर्दै आइरहरहेका छन् । यसैबीच नगरपालिकाले अतिविपन्न तथा ज्येष्ठ नागरिकलाई विशेषज्ञ चिकित्सकद्वारा नियमित एवं निःशुल्क स्वास्थ्य परीक्षण सेवाको दिइने जनाएको छ ।सरकारले प्रदान गर्दै आएको रु ६ हजार र नगरपालिकाका तर्फबाट थप तीन हजार रुपैयाँ प्रोत्साहन भत्ता दिइएको नगरपालिका स्वास्थ्य शाखा प्रमुख सङ्गीता योगीले बताइन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij