Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

प्रधानमन्त्री पाटन पसेपछि खोप लगाउन प्रारम्भ 

प्रधानमन्त्री पाटन पसेपछि खोप लगाउन प्रारम्भ 

  • ललितपुर । कोरोना विरुद्धको ‘कोभिशिल्ड’ खोप ललितपुरमा ३ वटा केन्द्रबाट लगाउने कार्यक्रम छ । ललितपुरको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (पाटन अस्पताल), किष्ट मेडिकल कलेज र आनन्द वन अस्पताल टिकाभैरवमा खोप केन्द्र रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहान १० बजे खोपको शुभारम्भ गरिसकेका छन् । 
    काठमाडौँ उपत्यकामा ललितपुरसहित १७ अस्पताललाई खोप केन्द्र बनाइएको स्वास्थ्य सेवा विभाग, बालस्वास्थ्य तथा खोप शाखाका निर्देशक डा झलक शर्मा गौतमले जानकारी दिएका छन् ।

    images
    images
    images

    खोपको शुभारम्भ समारोहमा सातै प्रदेशमा रहेका ६२ अस्पताल र १ सय २० भन्दा बढी खोप केन्द्रबाट सूचीकृत व्यक्तिलाई एकै साथ खोप दिइने छ । यही माघ १८ गतेभित्र ७७ जिल्लाका ३ सय खोप केन्द्रमार्फत खोप प्रदान गरिने खोप शाखाको तयारी छ ।

    कसले पाउँछन् खोप 

    पहिले चरणमा फोहरमैला व्यवस्थापनमा खटिने फोहर संकलक तथा चालक, एम्बुलेन्स तथा शववाहन चालक र सहचालक, प्रत्यक्ष उपचारको सेवा दिने वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, खोप केन्द्र खटिने सुरक्षाकर्मी तथा स्वयंसेवक, शव व्यवस्थापनमा खटिने व्यक्ति, स्वास्थ्य स्वयंसेविका, अन्तरराष्ट्रिय प्रवेशविन्दुमा कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारी, वृद्धाश्रमका व्यक्ति तथा हेरचाहमा खटिने कर्मचारी एवं कारागारका कैदी र सुरक्षाकर्मीलाई खोप दिइने छ । नेपालमा अहिले कोरोनाको संक्रमण दुई लाख ६९ हजार ७ सय ८९ जनामा देखिएको छ । संक्रमणबाट दुई हजार ११ जनाको निधन भइसकेको छ ।

     

     

     

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij