Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

अवैध लागूऔषध सहित पक्राउ

अवैध लागूऔषध सहित पक्राउ

  •  बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो १ ग्राम धुलो सहित कोहलपुर नगरपालिका-५ रझेना बस्ने २२ वर्षीय होम बहादुर सार्कीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय जमुनाहाबाट खटिएको प्रहरीले उक्त धुलो सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

    images
    images
    images


    नवलपरासी(पूर्व), विनयी त्रिवेणी गाउँपालिका-१ दुम्कीबास बजारस्थित सडकबाट नियन्त्रित लागूऔषध ३ सय ९८ एम्पुल नोफिन, ३ सय ९८ एम्पुल फेनारगन र ३ सय ९६ एम्पुल डाइजेपाम सहित मोरङ विराटनगर नगरपालिका-६ बस्ने १९ वर्षीय बिशाल ऋशिदेव (मुसहर)लाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । लु.२ ख ७८१ नम्बरको बसलाई ईलाका प्रहरी कार्यालय नयाँबेलहनीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार बिशाललाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।


    यसैगरी नवलपरासी(पूर्व), विनयी त्रिवेणी नगरपालिका-१ दुम्किवास बजारस्थित सडकबाट नियन्त्रित लागूऔषध २८ एम्पुल नोफीन, २८ एम्पुल फेनारगन र २८ एम्पुल डाईजेपाम सहित तनहुँ ब्यास नगरपालिका-१ बस्ने २७ वर्षीय मिन बहादुर थापा मगरलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । ना.३ ख ३४६४ नम्बरको बसलाई ईलाका प्रहरी कार्यालय नयाँबेलहनीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार मगरको साथबाट उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।


    नवलपरासी(पश्चिम), बर्दघाट नगरपालिका-४ टिसिएन चोकबाट नियन्त्रित लागूऔषध ५० एम्पुल नोफिन, ५० एम्पुल फेनारगन र ५० एम्पुल डाईजेपाम सहित तनहुँ ब्यास नगरपालिका-१ गल्फुबेसी बस्ने ३२ वर्षीय उमेश विकलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।


    यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij