
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । जिल्लाप्रहरी कार्यालय कालिकोटले बालविवाहविरुद्ध सचेतनामुलक अभियान संचालन गरेको छ। प्रहरीले जिल्लामा प्रहरी निरीक्षक, सहायक प्रहरी निरीक्षकहरुको नेतृत्वमा विभिन्न विद्यालयमा प्रहरीको टोली खटाइ, बालविवाह, छाउपडी प्रथा, छुवाछुत जस्ता सामाजिक विकृतिका विषयमा सचेतना जोगाउन थालिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी भुपेन्द्र शाहीले बताए। जिल्लामा उमेर नपुगी हुने विवाह गर्ने प्रवृति धेरै भएकाले यसलाई न्यूनीकरण गर्न प्रहरीले सचेतनामुलक अभियान संचालन गरेको हो।
जिल्ला प्रहरी कार्यालय कालिकोटले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत जिल्लाव्यापी सामाजिक विकृति विरुद्ध नागरिकलाई सचेत बनाउने कार्यक्रमहरु संचालन गरिरहेको छ। संहितामा भएको व्यवस्थाअनुसार बालविवाह गर्ने गराउनेलाई ३ वर्षसम्म कैद र ३० हजारसम्म जरीवाना हुने कानुनी व्यवस्था छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij