Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

दाहाल-नेपाल समूहले आज काठमाडौँमा विरोध प्रदर्शन गर्ने

दाहाल-नेपाल समूहले आज काठमाडौँमा विरोध प्रदर्शन गर्ने

  • काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दाहाल-नेपाल समूहले आज काठमाडौँमा विरोध प्रदर्शन गर्ने भएको छ । चरणबद्ध आन्दोलनको कार्यक्रमअन्तर्गत नेकपाले आज काठमाडौँमा विरोध प्रदर्शन र सभाको आयोजना गरेको हो ।

    images
    images
    images

    नेकपा दाहाल-नेपाल समूहले आज बिहान ११ बजे काठमाडौँका विभिन्न १० स्थानबाट जुलुस निकाल्ने जनाएको छ। पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ संयोजक रहेको संघर्ष समितिले विरोध प्रदर्शन र सभाको कार्यतालिका सार्वजनिक गरेको छ। विरोध प्रदर्शनलाई व्यवस्थित गर्न युवा, विद्यार्थी, मजदुर र खेलकुद मोर्चाका दुई हजार स्वयंसेवक परिचालन गरिने सङ्घर्ष समितिका संयोजक श्रेष्ठले जानकारी दिएका छन् ।

    संघर्ष समितिले पार्टीका प्रदेश, जिल्ला, जनवर्गाीय संगठन, मोर्चालगायत सांगठनिक संरचनाहरूलाई सभामा सहभागी हुन निर्देशन दिएको छ। जुलुस र सभामा काठमाडौँ उपत्यका बाहिरबाट पनि सर्वसाधारण, नेता-कार्यकर्ता र शुभेच्छुक सहभागी हुने बताइएको छ।

    प्रधानमन्त्री केपी ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरी आउँदो वैशाख १७ र २७ गते मध्यावधि चुनावको मिति तोकेपछि दाहाल-नेपाल समूहले विरोध प्रदर्शन गर्दै आएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij