
Jul 03 2025 | २०८२, असार १९ गते
एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी एवं शिक्षकलाई पुरस्कृत गर्न आँबुखैरेनी गाउँपालिकाले आज आयाेजना गरेकाे कार्यक्रमकाे उद्घाटन गर्दै ४ जिपिए ल्याउने दुई विद्यार्थीलाई सम्मान
काठमाडौं । आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले हिजोका दिनमा आलोचना गर्नेहरुलाई आज बधाइ छ भनेर लेख्ने हिम्मत छ भन्दै प्रश्न गरेका छन् ।
एसईईमा उत्कृष्ट विद्यार्थी र शिक्षकलाई सम्मान गर्न बुधबार आयोजित कार्यक्रममा चुमानले गाउँपालिकाले शिक्षामा लगानी गरेर के क्रान्ति भयो भन्नेहरुलाई आज बधाइ छ भनेर लेख्न चुनौति दिए ।
अध्यक्ष चुमानले अधिकांश विद्यालयका प्रधानाध्यापकले यस वर्ष जसरी पनि नतिजा सुधार आउँछ भन्ने विश्वास व्यक्त गरेको र त्यसले पहिल्यैदेखि खुसी बनाएको उल्लेख गरे ।
गत वर्ष विज्ञान र गणितमा निल भएका विद्यालयका विद्यार्थी यस पटक उत्तीर्ण भएको बताउँदै चुमानले रामशाह माविले लार्जेष्ट र टलेष्टको उपाधि पाएको टिप्पणी गरे ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij