Jun 15 2026 | २०८३, असार १ गते
बुटवल । नागरिक उन्मुक्ति पार्टीबाट रुपन्देही-१ मा उम्मेदवार बनिसकेका धनीराम चौधरी सीके राउत नेतृत्वको जनमत पार्टीमा प्रवेश गरेका छन् ।
आइतबार भैरहवामा आयोजित कार्यक्रममा धनीरामसहित नाउपा नेताहरू जनमतमा प्रवेश गरेका हुन् । गत संसदीय निर्वाचनमा धनीरामले नाउपाबाट उम्मेदवार बनेर १३ हजार ९६२ मत प्राप्त गर्दै चौथो भएका थिए । अब जनमतले धनीरामलाई रुपन्देही-३ को उपनिर्वाचनमा उम्मेदवार बनाउनेगरी पार्टी प्रवेश गराएको जानकारी दिएको छ ।
जनमतले नागरिक उन्मुक्ति पार्टी पुर्व जिल्ला अध्यक्ष, कमल नारायण चौधरी, थारु कल्याणकारी एवं थारुहट संर्घष समिति प्रदेश सचिव, सरस्वती थारु, नागरिक उन्मुक्ति केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला महिला अध्यक्ष, गौरी यादव, नागरिक उन्मुक्ति प्रदेश सदस्य, रामकुमार चौधरी, नागरिक उन्मुक्ति केन्द्रीय सदस्य,खेम बहादुर चौधरी, रुद्र नरायन चौधरी, बैजन्ती चौधरी लगायत जनमत पार्टीमा प्रवेश गरेको जानकारी दिएका छन् ।
उनीहरुलाई जनमत अध्यक्ष सिके राउतले पार्टीमा स्वागत गरेका थिए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij