Logo

Aug 25 2025 | २०८२, भदौ ९ गते

Aug 25 2025 | २०८२, भदौ ९ गते

म्यानमारको १२५ बर्ष पुरानो पुल विद्रोहीको विस्फोटबाट क्षति

म्यानमारको १२५ बर्ष पुरानो पुल विद्रोहीको विस्फोटबाट क्षति

  • काठमाडौँ । म्यानमारको एक ऐतिहासिक गोटेई पुल बारुदी सुरुङका कारण आंशिक रूपमा ध्वस्त भएको छ ।

    images
    images
    images

    गोटेई पुलको दश मिटर भाग भत्किएको रिपोर्टमा उल्लेख छ । रिपोर्टहरूका अनुसार, आतंकवादी विद्रोही समूह ताङ राष्ट्रिय मुक्ति सेनाले बम विस्फोट मार्फत आक्रमण गरेपछि पुलमा क्षति पुगेको हो ।

    images

    मुक्ति सेनाले ऐतिहासिक सम्पदा स्थल गोकटाईक पुल भत्काउन विस्फोटक पदार्थ राखेर आक्रमण पूर्वनियोजित गरेको पुष्टि भएको म्यान्मारको इलेभेन मिडिया ग्रुपले उल्लेख गरेको छ ।

    यो मान्डले शहरबाट लगभग सय किलोमिटर टाढा रहेको क्षेत्रमा अवस्थित छ, जहाँ सेना तैनाथ छ र विद्रोहीहरू सक्रिय छन् ।जब यो पुल सन् १९०० मा खोलिएको थियो, यो विश्वको सबैभन्दा ठूलो रेलवे ट्रेसल पुल थियो ।

    यसको लागि स्टीलका भागहरू पेन्सिलभेनिया, संयुक्त राज्य अमेरिकामा निर्माण गरिएको थियो । ट्रेसल पुल धेरै साना भागहरू मिलेर बनेको र यी भागहरू रेलवे लाइनको लागि प्रयोग गरिएको फ्रेममा टाँसिएको बताइएको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij